प्रवास

कुवेतबाट फर्किएका १४९ महिला खरिपाटी क्वारेन्टाइनमा

Banner

काठमाडौं,जेठ ३०-

कुवेत सरकारको आममाफीमा परेर आज नेपाल फर्किएकाहरुलाई नेपाल विद्युत् प्राधिकरण भक्तपुरको खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको छ । कुवेतबाट नेपाल फर्किएकामध्ये दुई महिलालाई कोरोना भाइरस संङ्क्रमणको आशंका भएपछि आज नेपाल आएका नौ बालबालिकासहित १४९ महिलालाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनमा राखिएको हो ।

कुवेतबाट फर्किँदा गरिएको कोभिड–१९ को परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शरीरको तापक्रम मापन गर्दा दुई जनामा ज्वरो आएको पाइएपछि सबैलाई खरिपाटी क्वारेन्टाइन लगिएको हो । विपद् व्यवस्थापन समिति ९सिसिएमसी० भक्तपुरका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले होल्डिङ सेन्टरमा राखेर सम्बन्धित प्रदेश पठाउने तयारी गरिएपनि फर्किएकामध्ये दुईलाई ज्वरो देखिएपछि सबैलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।

ज्वरो देखिएका दुई जनाको आजै स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । आममाफी गराई १४० महिला, दुई वर्षमुनिका दुई बालबालिका र १२ वर्षमुनिका सात बालबालिकालाई कुवेतले सरकारले आफ्नै जहाजबाट निःशुल्क आज नेपाल ल्याइदिएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>