चितवन विशेष

राप्तीका चेपाङ परिवारलाई ग्रेसले बाड्यो खाद्यान्न

Banner

चितवन, जेठ २४–

ग्रेस इन्टरनेशनलले चितवनको राप्ती नगरपालिकामा रहेक विपन्न चेपाङ परिवारलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनका कारण जिविकोपार्जन गर्न कठिन परिवारलाई खाद्यान्न राहत वितरण गरिएको ग्रेस इन्टरनेशनल चितवनका प्रमुख गणेश लामिछानेले जानकारी दिए ।

ग्रेसले राप्ती नगरपालिका–१२ फर्साङ र गोबाङका ८१ परिवारलाई चामल, दाल, तेल, नुन वितरण गरिएको हो । ग्र्रेसले वडा अध्यक्ष अर्जुन चेपाङको उपस्थितिमा सो सामग्री वितरण गरेको हो । ग्रेसले विभिन्न समयमा यसरी नै सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

चितवन प्रमुख लामिछानेले विपत्को बेलामा जहाँ पनि ग्रेस पुग्ने गरेको भन्दै विपन्न परिवारमा खाद्यान्न समस्या देखिएपछि सो सामग्री सहयोग गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>