खैरहनी

खैरहनीका योजनाहरु तीव्र गतिमा अघि बढ्दै, जिससले गर्‍यो अनुगमन

Banner

चितवन, जेठ २२–

चितवनको खैरहनी नगरपालिकामा संचालित योजनाहरुको बिहीबार अनुगमन गरिएको छ । संघ, प्रदेश, जिल्ला समन्वय समिति र नगरपालिकाका योजनाहरु अनुगमन गरिएको हो । चालु आर्थिक वर्षमा संघ, प्रदेश, जिल्ला समन्वय समितिले विनियोजन बजेट र त्यसका योजनाहरुको अनुगमन गरिएको थियो ।

बागमती प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी,खैरहनी नगरप्रमुख लालमणी चौधरी ,जिसस समन्वय अधिकारी चुडामणी शर्मा गौतम, वडाध्यक्षहरु र प्राविधिकहरुको टोलीले नगरभित्र संचालित योजनाहरु अनुगमन गरिएको हो । टोलीले एक दर्जन भन्दा बढी योजनाहरु अनुगमन गरेको थियो । खैरहनी–६ मा निर्माणाधिन तरकारी तथा फलफुल संकलन तथा बिक्री केन्द्र, खैरहनी–३ को ढल निर्माण, खैरहनी १ र ४ को वडा कार्यालय भवन, बैरहनी सामुदायिक भवन, खैरहनी–९ को वडा कार्यालय र विश्वनाथ मन्दिर, खैरहनी–१ को पार्क, खैरहनी नगरपालिकाको सभाहल लगायत योजनाहरु अनुगमन गरिएको थियो । योजनाका विषयमा नगरप्रमुख चौधरी जानकारी गराएका थिए ।

अनुगमन गरिएको योजनाहरुको काम धमाधम भईरहेको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए । जिल्ला समन्वय समितिले बिहीबारनै कालिका नगरपालिका भित्र संचालित योजनाहरुको पनि अनुगमन गरेको छ । जिसस उपप्रमुख मुना कुमारी श्रेष्ठको नेतृत्वमा नगर प्रमुख खुमनारायण श्रेष्ठसहित प्राविधिकहरुको टोलीले नगरमा संचालित संघ, प्रदेश, जिसस र नगरपालिकाका योजनाहरु अनुगमन गरेको हो ।

जिल्ला भित्र रहेका पालिकाहरुमा संचालित योजनाहरुको अनुगमन गर्ने अधिकारी जिससलाई छ । जिससको टोलीले शुक्रबार रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाका योजनाहरु अनुगमन गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>