समाचार

लकडाउन तोड्दै काठमाडौंका व्यवसाय खुला, सिडिओहरुको आकस्मिक बैठक

Banner

काठमाडौँ, जेठ २२–

लकडाउनको उल्लंघन गर्दै राजधानीका व्यपारीहरुले पसल खोल्न थालेपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त आकस्मिक बैठक बोलाइएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरको प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहका पदाधिकारहरुको समेत बैठकमा सहभागिता रहेको बताइएके छ । बैठकको निर्णयलाई महत्वका साथ हेरिएको छ ।

जिल्ला समन्वय समिति काठमाडौँको हलमा बोलाइएको बैठकमा व्यापारीले लकडाउन उल्लंघन गर्दै व्यापार व्यवसाय सुचार गर्न थालेपछि अब के गर्ने भन्ने बारे छलफल भइरहेको छ ।

लकडाउनको झण्डै ढाई महिनापछि व्यापारीहरुले पसल खोल्न पाउनुपर्ने भन्दै एकलौटी निर्णय गरेका छन् । लकडाउनको मोडालिटी फेर्ने बारे छलफल चलाइरहेकै बेला व्यापारीहरुले एकलौटी रुपमा पसल खुला राख्न थालेपछि सरकार दबाबमा परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>