देश/प्रदेश
नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियोः गृहमन्त्री गुरुङ
०

काठमाडौँ, असार २६-
गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको जीवन रक्षा गर्न भारत लैजाने तयारी रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्नुहुँदै उहाँले हिजो राति नै भारतसँग समन्वय गरेर नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी गरेको बताउनुभयो ।
मन्त्री गुरुङले स्थानीय र प्रदेश सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नभएको उल्लेख गर्दै नेपालीको सवारीमा काठमाडौँ नगरपालिकाको प्रहरीले ‘ह्विल लक’ लगाएको बताउनुभयो ।
मन्त्री गुरुङले प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो । छानबिनका लागि महानगरीय प्रहरी बलका पाँच जनालाई नियन्त्रणमा लिइएको उहाँको भनाइ छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























