समाचार

मलेरियाको औषधि पुनः परीक्षण सुरु गर्ने डब्लुएचओको निर्णय

Banner

काठमाडौँ, जेठ २२-

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमितको उपचारमा मलेरियाको औषधि परीक्षण गर्न अनुमति दिएको छ ।

कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न सकिने सम्भावना देखिएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण पुनः सुरु गर्ने भएको हो ।

केही समयअघि एक विस्तृत अध्ययनमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुने जोखिम बढाउने देखिएपछि डब्लुएचओले परीक्षण तत्कालका लागि रोकेको थियो ।

तर डब्लुएचओका विज्ञहरुले होइड्रोक्सीक्लोरोक्वीनसहित सबै सम्भावित औषधिको परीक्षण सुरक्षित रुपमा गर्न सुझाव दिएका हुन् । विज्ञहरुको सुझावका आधारमा हाइड्रोक्सिक्लोरोक्वीनसहित सबै औषधिको परीक्षण नियमित गर्ने निर्णय भएको डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोस बुधबार बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रतिबन्धकाबीच अमेरिकाले केही दिनअघि मात्र ब्राजिललाई २० लाख हाइड्रोक्सिक्लोरोक्विन ट्याब्लेट उपलब्ध गराएको थियो।

ब्राजिलमा कोरोना संक्रमितको उपचारमा यो औषधि प्रयोग भइरहेको छ।

यस्तै टर्कीले पनि कोरोना संक्रमितलाई यो औषधि खुवाइरहेको छ। जसको परिणाम उत्साहजनक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>