अन्तर्राष्ट्रिय

कोरोनाले भारतमा मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

Banner

चितवन,जेठ २२ –

भारतमा कोरोना भाइरसको संक्रमणबाट ६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २५९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८८ पुगेको हो।

एकै दिन ९ हजार ६३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ८२४ पुगेको छ । संक्रमितमध्ये १ लाख ४ हजार ७१ जना संक्रमणमुक्त भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>