नवलपरासी

नवलपरासीमा जलस्रोत तथा सिँचाइका योजनाले निरन्तरता पाउँदै

Banner

नवलपरासी, जेठ २०–

बन्दाबन्दीको समयमा पनि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) दुई जिल्लामा जलस्रोत तथा सिँचाइका विभिन्न योजनाको निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।

स्थानीय कामदारको व्यस्थापन गरी महत्पूर्ण योजनाको निर्माण कार्यलाई निरन्तरता दिइएकोे जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का अनुसार चालू आर्थिक वर्षमा कुकुरमारा सिँचाइ योजना, सदरमुकाम बचावट झरही नदी तटबन्धसहित अन्य स–साना मर्मत सम्भारका सिँचाइ तथा तटबन्धका योजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
जिल्लामा नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणाली, पिपरपाती प्रसौनी प्रणाली, तुरिया सिँचाइ योजना, बेलारी सिँचाइ योजना, भूमही सिँचाइ योजना, भलुही सिँचाइ योजना, पानभार सिँचाइ योजना, तिलकाना सिँचाइ योजना, कुकुरमारा सिँचाइ योजना, जर्घा मिस्रौैली सिँचाइ योजना, झरही लिफ्ट र नमूना लिफ्ट योजना सञ्चालनमा रहेको कार्यालयका डिभिजन प्रमुख ध्रुवराज पौडेलले बताउनुभयो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व०का अनुसार जिल्लामा चालू आवमा प्रसौनी भिउरान सिँचाइ योजना, नगरटाडी सिँचाइ योजना, भेडावारी सिँचाइ योजना, मचेडीटार सिँचाइ योजना, सीतावास सिँचाइ योजनालगायत महत्वपूर्ण योजना कार्यान्वयनमा रहेका छन् । पहाडी क्षेत्रमा समेत रहेका महत्वपूर्ण जलस्रोत तथा सिँचाइसम्बन्धी योजनाको निर्माण कार्यलाई निरन्तता दिएको डिभिजन कार्यालयका प्रमुख राजेन्द्र भण्डारीले बताउनुभयो ।

जिल्लामा उर्दीखोला सिँचाइ योजना, शङ्खदेव सिँचाइ योजना, गिरबारी सिँचाइ योजना, आकाशे जुल्पे सिँचाइ योजनालगायतका योजना सञ्चालनमा छन् । हरियाली कृषि सिँचाइ योजना, डेढगाउँ सिँचाइ योजना, बगुवन सिँचाइ योजना, सिक्री पत्राह सिँचाइ योजनालगायतका योजनाले आगामी वर्षसमेत निरन्तरता पाउने छन् । कार्यालयका अनुसार आव २०७७/०७८ मा चालू आवमा कार्यान्वयनमा रहेका योजनालाई निरन्तता दिइनेछ । कार्यालयले सिँचाइ योजना निर्माण, मर्मत सम्भार, नदी नियन्त्रण, आपत्कालीन तथा बाढी पहिरो पुनःस्थापन, सरसफाइ संरचना निर्माणलगायत अन्य सार्वजनिक निर्माण कार्य तथा नवीकरणीय ऊर्जा कार्यक्रम र सर्भेक्षण अध्ययन कार्यक्रम गर्दै आएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का अनुसार ५५ हजार ३०४ हेक्टर सिँचाइ योग्य जमिन रहेको यस जिल्लामा हालसम्म कूल ३८ हजार ८५२ हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध भइरहेको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पूर्वी) का अनुसार ६० हजार १७५ हेक्टर सिँचाइ योग्य जमिन रहेको यस जिल्लामा हालसम्म कूल ३८ हजार ६ हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>