Breaking News
गर्भवती र सुत्केरीलाई भयरहित ढंगले अस्पताल जाने वातावरण बनाइयोस्ः रावल
०

चितवन,जेठ २०-
राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल पार्वतीले गर्भवती तथा सुत्केरी महिलाको सुरक्षामा विशेष ध्यान दिन माग गर्नुभएको छ । राष्ट्रिय सभाको आज (मंगलवार)को बैठकको विशेष समयमा बोल्दै सांसद रावलले गर्भवती तथा सुत्केरीहरू अस्पताल नै नपुग्ने र पुगेपनि राम्रो उपचार नपाउने अवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
कोरोनाको संकटकाबीच पनि गर्भवती तथा सुत्केरी महिला भयरहित ढंगले स्वास्थ्य संस्थामा जान सक्ने र उपचार लिन सक्ने स्थिति निर्माण गरियोस्ु, सरकारको ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो । झण्डै २ महिनादेखि जारी लकडाउनको समयमा घरेलु हिंसा बढेकोतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























