समाचार
चट्याङ लागेर एकको मृत्यु
०

जलेश्वर, जेठ १९-
मेघगर्जन र भारी वर्षासँगै आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी गाउँपालिका– १ बस्ने महावीर यादवको छोरा ५५ वर्षीय इन्दल यादव रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
गाउँबाहिरको चौरमा भैँसी चराउन गएका यादवको आज बिहान करिब १० बजे भारी वर्षासँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । मृतक यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जनाइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























