समाचार
रुकुम हत्याकाण्डमा दलित सांसदको नेतृत्वमा संसदीय समिति गठन गर्न कांग्रेसको माग
०

काठमाडौं, जेठ १९-
प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मानवहादुर विश्वकर्माले रुकुम हत्याकाण्डबारे छानविन गर्न दलित सांसदकै नेतृत्वमा एक संसदीय समितिको माग गरेका छन् ।
कांग्रेसका सांसद मान बहादुर विश्वकर्माले पार्टी संसदीय समितिको गठन गर्न माग गरेको बताउँदै दलित सांसदको नेतृत्वमा तत्काल संसदीय छानबिन समिति गठनको माग गरेका हुन् । समिति गठन नभए कडा कदम चाल्न बाध्य हुने उनको भनाइ थियो ।
अन्तरजातीय प्रेम तथा विवाहका विषयमा विवाद हुँदा रुकुममा पाँच जना युवा मारिएका थिए भने एकजना अझै वेपत्ता छन्। अन्य धेरै घाइते भएका छन् ।
गृह मन्त्रालयले गठन गरेको कर्मचारीको नेतृत्वको समितिले सो घट्नाबारे यथार्थ ल्याउन नसक्ने दाबी गर्दै सांसद विश्वकर्माले संसदीय समितिको माग गरेका हुन्।
उनले सोमबार संसद बैठक सुरु हुनासाथ विशेष समयमा सो विषय उठान गरेका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























