अन्तर्राष्ट्रिय
अमेरिकामा प्रदर्शनकारीमाथि ट्यांकर चलाइयो, विभिन्न शहरमा प्रर्दशन जारी

एजेन्सी,जेठ १९-
अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा एक चालकले ट्यांकर ट्रक प्रदर्शनकारीको भिडमा चलाएका छन्। समाचार संस्था रायटर्सले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै चालकले ट्रक प्रदर्शनकारीको भिडमा चलाएको उल्लेख गरेको छ । यो घटना मिनियापोलसको अन्तरराज्य राजमार्ग ३५ वेष्टमा भएको हो ।
ड्राइभरले ट्रक चलाए पनि प्रदर्शनकारी भागेर चोटबाट जोगिन सफल भएका छन् । घटनापछि प्रदर्शनकारीले ड्राइभरलाई ट्रकबाट बाहिर निकाली कुटेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
ती प्रदर्शनकारीले प्रहरी हिरासतमै अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्यु भएको विरोधमा प्रदर्शन गरिरहेका छन्। मिनियापोलससहित अमेरिकाका विभिन्न शहरमा विगत केही दिनदेखि फ्लोइडको हत्याको विरोधमा प्रदर्शन भइरहेको छ । केही स्थानमा प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएका छन् । केही स्थानमा लुटपाट तथा आगजनी समेत भएको छ ।


























