समाज

जुम्लामा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

Banner

जुम्ला,जेठ १९-

जुम्लाका १७ जना र दुई जना प्रहरी गरी १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ । प्रतिष्ठानको प्रयोगशाला बिभागले आइतबार मध्यरात सार्वजनिक गरेको प्रतिवेदन अनुसार जुम्लामा १९ जना र दैलेखका थप २४ जनामा कोरोना पोजेटिभ भएको छ ।

स्वाब परीक्षण गर्दा सङ्क्रमण देखिनेमा जुम्लाको हिमा गाउँपालिकाका ८ जना, सिञ्जा गाउँपालिकाका ९ जना र नेपाल प्रहरी २ जना रहेका प्रतिवेदनमा उल्लेख छ । जुम्ला हिमा गाउँपालिकाका वडानं १ का ३६ बर्ष र ६३ बर्षका पुरुष, वडा नं ६ का २३ वर्षीय पुरुष, वडा वडा नं ५ का २६,२३,४३,४६ बर्षका पुरुष, वडा नं ७ का ५९ वर्षीय पुरुष गरि ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

सिञ्जा गाउँपालिकाका वडा नम्बर ३ का २४ वर्षीय पुरुष, वडा नम्बर ४ का २३, २३ र २१ वर्षीय पुरुष, वडा नम्बर ५ का २६, ३६ वर्षीय पुरुष वडा नम्बर ६ का ४५,३१ १२ वर्षीय पुरुष गरि ९ै जनामा कोरोना पोजेटिभ देखिएको छ । यसैगरी कर्णाली प्राविधिक शिक्षालयको क्वरेन्टीनमा खटिएका २ जना प्रहरीमा समेत कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>