मौसम
बिहानैदेखि देशभर बदली र वर्षा, दिनभर पानी पर्ने
०
चितवन,जेठ १९-
चितवनसहित देशका विभिन्न स्थानमा सोमबार बिहानैदेखि पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर बदली रही प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केही भू–भागमा वर्षा भएको छ ।
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यस्तै नेपालको पूर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेकाले मौसम बदली भएको हो । सोमबार दिउँसो पूर्वी भू–भागहरु लगायत मध्य तथा पश्चिमी पहाडीमा सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदली हुनेछ ।
पूर्वी भू–भागसहित मध्य तथा पश्चिम पहाडका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>