अन्तर्राष्ट्रिय
अमेरिकामा एकै दिन २० हजार बढीमा कोरोना संक्रमण
०

काठमाडौं,जेठ १९ –
कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६३० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार १८७ पुगेको छ ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १४५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १८ लाख ३६ हजार ९६५ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























