Breaking News

बाँकेमा बस दुर्घटनाः १२ जनाको मृत्यु, २१ घाइते

Banner

नेपालगञ्ज,जेठ १९ –

बाँकेमा भएको गाडी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो । नेपालगञ्जको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.प्रकाश थापाका अनुसार एघार पुरुष र एक महिलाको मृत्यु भएको हो ।

घाइते २० जना पुरुष र एक महिलाको भेरी अस्पतालमै उपचार भइरहेको छ । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए । नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राति सवा १२ बजे हाइस दुर्घटनामा परेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>