समाचार
गोरखामा भरुवा बन्दुकसहित बाबुछोरा पक्राउ
०

गोरखा, जेठ १०-
भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । धार्चे गाउँपालिका–१ नउ वनको भेडी गोठबाट भरूवा बन्दुकसहित बाबुछोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय आरुघाट गएको प्रहरीको टोलीले धार्चेको वडा नं ६ यार्साका ५० वर्षीय मनु घले र उहाँका छोरा २० वर्षीय नोउबहादुर घलेलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























