Breaking News
चितवनमा कोरोना संक्रमितहरुको गरियो ‘कन्ट्याक्ट ट्रेसिङ’ (फोटोफिचर)

चितवन, जेठ ९–
चितवनका दुई जना कोरोना संक्रमितहरुको आज (शुक्रबार) ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको छ । भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदी नेतृत्वको टोलीले भरतपुर महानगरपालिका–६ स्थित केशरबागमा संक्रमितको घर पुगेर ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको हो ।

सो क्रममा संक्रमितहरु स्थानीयहरुसंग घुलमिल नभएको पाईएको स्वास्थ्य शाखा प्रमुख सुवेदीले जानकारी दिए । उनले भने–‘उहाँहरु धेरै जनासंग सम्पर्कमा गएको देखिएन, परिवारका सदस्यहरु मात्रै प्रत्यक्ष सम्पर्कमा आएको देखिएको छ ।’ सुवेदीले तत्काल उनीहरुलाई घरमै क्वारेन्टिनमा बस्न आग्रह गरिएको र एक सातापछि मात्रै उनीहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने जानकारी दिए ।
उनका अनुसार संक्रमितहरुको परिवारमा ८ जना सदस्य रहेको जानकारी दिए । उनीहरु मध्ये तीन जना अहिले भरतपुर कोरोना अस्पतालमा रहेका छन् भने पाँच जना घरमै रहेका छन् । संक्रमितका जेठो छोरा पनि अहिले कोरोना अस्पतालमै छन् । तर उनमा संक्रमण देखिएको छैन ।































