अन्तर्राष्ट्रिय
ट्रम्पले लगाए मास्क, पत्रकारका अघि किन लुकाए ?

एजेन्सी,जेठ ९-
अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मास्क लगाउन बाध्य भएका छन् । ट्रम्पले बिहीबार फोर्ड मोटर कम्पनीको मिशिगनस्थित प्लान्टको भ्रमणको क्रममा केहीबेर मास्क लगाएका हुन् । उनले पत्रकारहरुको नजरबाट भने मास्क लगाएको अवस्थामा आफूलाई देखाएनन् ।
मिशिगनको रसनभिलमा रहेको फोर्डको प्लान्टमा ट्रम्प आफ्नो टोलीसँग निरीक्षण भ्रमणमा गएका हुन् । मोटर उत्पादक कम्पनीले हाल कोरोना भाइरसको संकटमा अत्यावश्यक स्वास्थ्य सामग्री उत्पादन गरिरहेको छ ।
ट्रम्पले सो भ्रमणको क्रममा केहीबेर मास्क लगाएका हुन् । उनले लगातार मास्क लगाउन अस्वीकार गर्दै आएका थिए । अझै पनि उनी मास्कको विपक्षमा देखिएको छन् ।
तर बिहीबार ट्रम्पले बाध्य भएर केहीबेर मास्क लगाएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छन् । बिहीबार उनले बाध्य भएर मास्क लगाएका हुन् । केहीबेर लगाएको मास्क उनले फुकाले । पत्रकारहरुलाई आफूले मास्क लगाएको देखाउन नचाहेको ट्रम्पले बताएका छन् ।



























