इच्छकामना

चितवनको इच्छाकामनामा बलेरो दुर्घटना, नौ जना घाइते

Banner

चितवन, जेठ १–

चितवनको इच्छाकामना गाउँपालिका–५ दारेचोकमा बलेरो गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । मुग्लिनबाट चारेचोकतर्फ जाँदै गरेको ना २ च ८४०१ नम्बरको बलेरो आफै अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घाइते मध्य चार जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मध्यम अवस्था रहेका घाइतेहरुमा इच्छाकामना–५ का ५१ वर्षीया गोमा गुरुङ, सोही स्थनकी ७० वर्षीय सन्तमान गुरुङ, ४३ वर्षीया चन्द्र कुमारी गुरुङ र ६१ वर्षीया देवी माया गुरुङ रहेका छन् ।

घाइते सबै इच्छाकामना–५ कै हुन् । प्रहरीले बलेरो चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>