खैरहनी

सप्तरीका कोरोना संक्रमितसंग भेटघाट भएका चितवनका ८ जनाकै रिपोर्ट नेगेटिभ

Banner

चितवन, जेठ १–

सप्तरीमा एक युवामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उनको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा चितवनमा फेला परेका ८ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । हिजो भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा खैरहनी नगरपालिका–१३ का आठ जनाकै रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।

कन्ट्याक्ट ट्रेसिङ’ गर्दा संक्रमित युवासंग २२ जना सम्पर्कमा रहेको पत्ता लागेको थियो । ती मध्ये सबैभन्दा नजिकका ८ जनाको पीसीआर परीक्षण गरिएको थियो । यस्तै खैरहनीका अन्य दुई जनाको समेत कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार परीक्षण गरिएको ५३ जना मध्ये ५२ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने देवचुली–१२ का ४९ वर्षीय पुरुषको पोजिटिभ आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>