देश/प्रदेश

बाग्मती प्रदेशमा अध्यादेश ल्याउन स्वीकृति

Banner

हेटौंडा, वैशाख ३०–

वाग्मती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशको मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्ने अध्यादेश ल्याउन स्वीकृति प्रदान गरेको बताउनुभएको छ ।

बैठकले प्रदेश सरकारको आर्थिक आव २०७७/७८ का लागि नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्नेतर्फ कृषि उत्पादन, राष्ट्रिय गौरवको आयोजना, हेटौँडाबाट काठमाडौँ जोड्ने पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग, उद्योग, पर्यटन तथा प्रत्यक्ष रोजगारका लागि जनसहभागिता कार्यक्रम, सुशासन ल्याउनको निमित आवश्यक ऐन कानून तर्जुमा थप गर्नुपर्ने विषयमा समावेश गर्न स्थानीय निकाय र सरोकारवालाहरुसँग छलफल गर्नेसमेत निर्णय गरिएको सरकारका प्रवक्त ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रवक्ता ढुङ्गेलले सरकारको आगामी वर्ष ल्याइने बजेटका लागि प्रथम चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयको गत आवको नीति कार्यक्रममा समावेश भएका योजको कार्य प्रगति र आगामी वर्षका लागि समावेश गर्नुपर्ने विभिन्न राष्ट्रिय गैरवको आयोजना र कृषि उत्पादको विषयमा क्रमशः समीक्षा गरिरहेको पनि बताउनुभयो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>