खैरहनी

उद्योग संचालनमा खैरहनी नगरपालिकाले दियो चासो

Banner

चितवन, वैशाख २८–

सरकारले विभिन्न ४४ वटा उद्योग संचालन खुल्ला गरेपछि स्थानीय सरकारको रुपमा रहेको खैरहनी नगरपालिकाले उद्योग संचालनका विषयमा आईतबार सर्वपक्षीय छलफल गरेको छ । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीको अध्यक्षतामा भएको छलफलमा यहाँका उद्योगहरु सहज रुपमा संचालन तथा कर्मचारीहरु सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउने विषयमा छलफल भएको हो । छलफलले संघीय सरकारले तोकेको मापदण्ड अनुसार उद्योग संचालन गर्ने निर्णय गरेको छ ।

उद्योग संचालनका लागि आवश्यक कामदार कर्मचारी स्थानीयस्तरमा उपलव्ध हुन सक्ने उद्योगले उपलव्धताका आधारमा सिफ्ट संचालन गरेर संचालन गर्ने, कर्मचारीलाई यथासंभव उद्योग परिसरमै क्वारेनटाईनमा राख्ने, कर्मचारी उद्योग ल्याउने, लैजाने व्यवस्थाका लागि एक सवारी साधन प्रयोग गर्न पर्ने र त्यसका लागि नगरपालिकाले सहजीकरण गर्ने, कर्मचारी अनुसार प्रत्येकले सवारी साधन प्रयोग गर्न नपाउने, उद्योगमा आवश्यक कच्चा पदार्थ ल्याएर अनलोड गर्ने क्रममा सम्बन्धित वडा कार्यालय र प्रहरी प्रशासनलाई जानकारी गराउनु पर्ने लगायत निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले बताए ।

मालसामान अनलोड गर्दा सकेसम्म दिउँसोको समयमा गर्ने, कच्चा पदार्थ ल्याउँदा सम्बन्धित टोल विकास संस्था, नागरीक समाजले सहयोग गर्ने, कुनै विवाद आए सम्बन्धित वडा अध्यक्षले आवश्यक समन्वय र सहयोग गर्ने निर्णय पनि भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । छलफलमा सहभागीहरुले स्वास्थ्यलाई ख्याल राख्दै सहज रुपमा उद्योग संचालन गर्ने वातावरण हुनु पर्ने सुझाब दिदै उद्योग संचालन पश्चात अनुगमन भने निरन्तर गर्नु पर्ने बताएका थिए ।

छलफलमा लकडाउन पछि खैरहनी नगरपालिकामा वितरण राहत, बजार व्यवस्थापन लगायतका विषयमा समेत समिक्षा भएको थियो । नगरपालिकाले वितरण गरेको राहतको व्यवस्थापन प्रति सहभागीहरुले धन्यवाद दिए । खैरहनी नगरपालिकाले एकद्धार प्रणाली अवलम्वन गर्दै दुई पटक राहत वितरण गरिसकेको छ ।

छलफलमा नगरपालिका उपप्रमुख सुनिता थपलिया,नेकपा नगर अध्यक्ष लक्ष्मी ढकाल,नेपाली काग्रेश नगर सभापति शशिकुमार खनियाँ,उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, चितवन उद्योग संघ खैरहनी इकाई अध्यक्ष प्रतिभा श्रेष्ठ,चेम्वर अफ कर्मस खैरहनीका अध्यक्ष प्रकाश श्रेष्ठ, वडाध्यक्षहरु रामशरण पाण्डे, भूमिप्रसाद कँडेल, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्ती मगर, उद्योग वाणिज्य संघ खैरहनीका निवर्तमान अध्यक्ष गुणराज श्रेष्ठ, संघका महासचिव कुमार खनाल, नगरपालिका प्रशासकीय अधिकृत दामोदर अधिकारी, केही उद्योगहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>