खैरहनी

उद्योग बाणिज्य संघ खैरहनीको अधिवेशन स्थगित

Banner

चितवन, वैशाख २७–

उद्योग बाणिज्य संघ खैरहनी चितवनको अधिवेशन स्थगित भएको छ ।

संघले जेठको अन्तिम साता साधारण सभा तथा अधिवेशन गर्ने जनाएको थियो । तर कोरोना भाईरस संक्रमण पछिको वर्तमान अवस्थालाई मध्यनजर गर्दै अधिवेशन स्थगित गरिएको उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले जानकारी दिए । अधिवेशन स्थगितबारे संघले उद्योगी व्यवसायीहरुलाई सूचना जारी गरेर जानकारी गराईसकेको छ ।

यसअघि संघको अधिवेशन जेठ २६ र २७ गतेका लागि तोकिएको थियो । अब उपयुक्त समयमा कार्यसमितिको बैठक बसेर अधिवेशनको अर्को मिति तोकिने सूचनामा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>