खैरहनी

खैरहनी र राप्तीमा प्राईम बैंकद्धारा राहत वितरण

Banner

चितवन, वैशाख २७–

प्राइम कर्मसियल बैंकले चितवनमा राहत वितरण गरेको छ । चितवनको खैरहनी र राप्ती नगरपालिकाका ५ सय परिवारलाई राहत स्वरुप चामल र दाल वितरण गरेको प्राइम बैंक नारायणगढ शाखा प्रमुख बिरोध अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार खैरहनी वडा नम्वर १० र ११ तथा राप्ती वडा नम्वर ६, ७ र ८ मा समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको हो ।

वडा कार्यालयहरुले अझै पनि राहत पाउनबाट बञ्चित रहेको जानकारी गराएपछि बैंकले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको नारायणगढ शाखा प्रमुख अधिकारीले बताए । खैरहनी वडा नम्वर १० मा ७५, वडा नम्वर ११ मा ७५ ता राप्ती वडा नम्वर ६ मा एक सय १०, वडा नम्वर ७ र ८ का लागि एक सय २० परिवारका लागि पुग्ने राहत सम्वन्धीत वडाध्यक्षलाई हस्तान्तरण गरिएको थियो । प्राइम कर्मसियल बैंक भरतपुर शाखा प्रमुख पदमराज पौडेलले राहत विवरणको पत्र सम्बन्धित वडा अध्यक्षहरुलाई हस्तान्तरण गरेका थिए ।

राहतको पत्र हस्तान्तरण पश्चात खैरहनी वडा नम्वर १० र ११ को वडा कार्यालयले ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्नेहरुलाई वितरण गरेका थिए । खैरहनीमा लकडाउन पछि दुई पटक राहत वितरण गरिसकेको छ । त्यस क्रममा छुटेकाहरुलाई बैंकले दिएको राहत वितरण गरिएको वडाध्यक्षहरुले बताएका छन् ।

केन्द्रीय कार्यालयको प्रतिनिधित्व गर्दै आफूहरुले राहत वितरण गरिएको प्राइम कर्मसियल बैंक भरतपुर शाखा प्रमुख पौडेलले जानकारी दिए । पौडेलका अनुसार कोरोना भाईरसको संक्रमण पश्चात प्राइम बैंकले सरकारी राहत कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>