Breaking News
पर्साको कोरोना संक्रमति किराना पसलका संचालक
०

वीरगञ्ज, वैशाख २७–
पर्साका ६२ वर्षीय पुरुष किराना पसल सन्चालक रहेको खुलेको छ । कोरोना पुष्टि भएलगत्तै उनलाई नारायणी कोभिड अस्पतालको आइसोलेसनमा राखिएको छ ।
उनी यसअघि भेटिएका संक्रमित परिवारका सदस्यको सम्पर्कमा रहेको बताएको छ । छपकैयामा यसअघि एकै परिवारका १८ जनामा कोरोना संक्रमण देखिएको थियो । नयाँ संक्रमितको सोही टोलमा किराना पसल थियो । कन्ट्याक्ट ट्रेसिङको क्रममा उनको पनि बिहीबार थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो । शनिबार बिहान उनमा कोरोना पोजेटिभ देखिएको छ ।
उनी यसअघिको संक्रमित परिवारको ६६ वर्षीय पुरुषको सम्पर्कमा रहेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । उनको दुईवटा परिवारमा २० जना सदस्य छन् । संक्रमित पुरुष किराना पसलका संचालक भएकाले अन्य धेरैमा कोरोना सरेको हुन सक्ने आशंका गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























