चितवन विशेष

देवघाटमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच बिरामी

Banner

चितवन, वैशाख २३–

वनबाट ल्याएको विषालु च्याउ खाँदा देवघाट गाउँपालिकाका एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिरामी हुनेमा देवघाट गाउँपालिका–५ का ४२ वर्षीय कृष्णबहादुर भुजेल, उहाँको श्रीमती ४० वर्षीया गौरीमाया, छोरा २१ वर्षीय तीर्थबहादुर, १७ वर्षीय मीनबहादुर र १५ वर्षीय धनलाल रहनुभएको छ ।

उहाँहरु सोमबार बिहान घर नजिकैको वनबाट ल्याएको च्याउ खाँदा बिरामी पर्नुभएको थियो । बिरामी परेपछि उहाँहरुलाई सोमबार दिउँसो उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । बिरामीहरुमध्ये कृष्णबहादुर र धनलाल गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर बिरामीको पुरानो मेडिकल कलेजमा सघन उपचारकक्षमा उपचार भइरहेको छ भने अन्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यसअघि शनिबार र आइतबार जिल्लामा १२ जना विषालु च्याउ खाँदा बिरामी परेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>