खैरहनी

चितवनको चैनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

Banner

चितवन, वैशाख २१–

पूर्वीचितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको गएको छ ।

आज (आइतबार) साँझ ७ः३५ बजेको समयमा भण्डाराबाट टाँडीतर्फ गइरहेको ग १ क २१९६ नम्बरको ट्रकले ना २७ प ५८१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका खैरहनी नगरपालिका–८ बस्ने ६४ वर्षीय कुलानन्द भण्डारीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा राती ८ः२० बजेको समयमा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>