चितवन विशेष

बन्दीपुर अस्पताललाई बन्दीपुर सेवा समाज चितवनको स्वास्थ्य सामग्री

०
Banner

चितवन, वैशाख १८–

बन्दीपुर सेवा समाज, चितवनले आज (बिहीबार) एक कार्यक्रम बीच बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगिन आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ), मास्क, स्यानिटाइजर, ग्लोब्स र अत्यावश्यक औषधिहरू अस्पतालका चिकित्सकद्धय कुलदीप केसी र मनिश श्रेष्ठलाई समाजका उपाध्यक्ष मनोज प्रधानले प्रदान गरे । उनले बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङको विशेष उपस्थितीमा सो सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बन्दीपुर गाउँपालिकाका प्रशासकिय अधिकृत, बन्दीपुरका समाजसेवी शिवलाल प्रधान, ईश्वरगोपाल प्रधान, बन्दीपुर क्याम्पसका प्रमुख विक्रम श्रेष्ठ, बन्दीपुर सेवा समाज–चितवनका सदस्यहरू सहनलाल प्रधान, दीपक प्रधान र नारायण प्रधानलगायत नारायणगढबाट पुगेका अरुणकुमार पिया, अनुकूल श्रेष्ठ, प्रसन्न श्रेष्ठ, विज्ञानलाल श्रेष्ठको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>