खैरहनी

लायन्स चितवन पर्साको अध्यक्षमा धर्मराज

Banner

चितवन, वैशाख १७–

लायन्स क्लब अफ चितवन पर्साको अध्यक्षमा धर्मराज उप्रेती चयन भएका छन् । बुधबार भएको क्लवको चौथो अधिबेशनबाट वर्ष २०२०/२१ का लागि नयाँ समिति चयन गरेको हो ।

क्लबको प्रथम उपाध्यक्षमा कबिर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा विकाश अर्याल, तृतीय उपाध्यक्षमा अमृत अर्याल, सचिवमा राजु चौधरी र कोषाध्यक्षमा सुदन गिरी चयन भएका छन् ।

हाल विश्वभर फैलिएको कोरोना भारस (कोभिड–१९) संक्रमणका कारण गरिएको लकडाउनले गर्दा अनलाइनमार्फत अधिबेशन गरिएको क्लबका वर्तमान अध्यक्ष धनबिर चौधरीले जानकारी दिए ।

निर्वाचित अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा क्लबलाई नयाँ गति दिने प्रतिबद्धता जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>