खैरहनी

खैरहनीमा कक्षा ८ को परीक्षाफल प्रकाशन, ९३ प्रतिशत विद्यार्थी उत्र्तीण

Banner

चितवन, वैशाख १६–

चितवनको खैरहनी नगरपालिकाले आधारभूत शिक्षा उर्तीण परीक्षा ( कक्षा ८) को परीक्षाफल प्रकाशन गरेको छ । परीक्षामा ९२.९३ प्रतिशत विद्यार्थी अघिल्लो कक्षा अर्थात कक्षा ९ का लागि योग्य भएका छन् । स्थानीय तहको निर्वाचन पश्चात नगरस्तरमै कक्षा ८ को परीक्षा लिन थालिएको थियो ।

२०७५ को कक्षा ८ को परीक्षामा खैरहनी नगरपालिका भित्रबाट कुल १ हजार १३२ जना विद्यार्थी सहभागी भएकोमा १ हजार ५२ जना विद्यार्थी अघिल्लो कक्षाका लागि योग्य भएको स्थानीय शिक्षा अधिकारी राजु बानियाँले बताए ।

८० जना विद्यार्थी परीक्षामा अयोग्य भएका छन् । नजिता अनुसार ‘ए प्लस’ ल्याएर एक सय ८ जना, ‘ए’ ल्याएर दुई सय २ जना, ‘बी प्लस’ ल्याएर दुई सय ४५ जना, ‘बी’ ल्याएर दुई सय ७८ जना, ‘सी प्लस’ ल्याएर दुई सय ५ जना र ‘सी’ ल्याएर १४ जना विद्यार्थी कक्षा ९ का लागि योग्य भएका स्थानीय शिक्षा अधिकारी बानियाँले जानकारी दिए । परीक्षाको प्रकाशित नजिता अनुसार कुनै विषयको अंकमा चित्त नबुझे परीक्षार्थीले पुर्नयोग गर्न पाईनेछ ।

सरकारले जारी गरेको लकडाउन सकिएको एक साता भित्र पुर्नयोगका लागि विद्यालयमा निवदेन दिन सकिने उनले बताए । साथै स्तरवृद्धी परीक्षाको मिति र परीक्षा तालिकापछि प्रकाशन गरिने समेत जनाईएको छ । आधारभूत शिक्षा उर्तीण परीक्षा समितिको सोमबार बसेको बैठकले मंगलबार नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>