चितवन विशेष

उवासंघ चितवनले माडीमा बाड्यो राहत

Banner

चितवन, वैशाख १३–

उद्योग वाणिज्य संघ चितवनले आज (शनिबार) माडी नगरपालिकालाई राहत प्रदान गरेको छ । संघका अध्यक्ष राजु श्रेष्ठले माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाललाई सो राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

संघले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण जारी लकडाउनले दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिहरुको दैनिक जीवन जटिल बन्दै गएपछि राहत सामग्री वितरण गरेको हो। संघले यसअघि पनि भरतपुर महानगरपालिकाका विभिन्न वडालगायत संघको सचिवालयबाट सयौंलाई राहत सामग्री वितरण गरिएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसैगरी संघको पहलमा संघमा आवद्ध विभिन्न वस्तुगत संघहरुले समेत राहतका सामग्री वितरण गरिरहेको श्रेष्ठले बताए। आज राहत सामग्री वितरण गर्न संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष द्वय चिरञ्जीवी सुवेदी र इ. भोजराज कौडाल, स्वास्थ्य समितिका संयोजक शिरिष पन्तलगायतको उपस्थिति रहेको थियो ।

संघले राहत वितरणको कार्यक्रमलाई निरन्तरता दिने कार्यसमिति सदस्य तथा स्वास्थ्य समिती संयोजक शिरिष पन्तले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>