खैरहनी

लियो क्लव अफ चितवन पर्साको अध्यक्षमा सन्दीप

Banner

आशिष उप्रेती,

चितवन, वैशाख १२–

लियो क्लव अफ चितवन पर्साको अध्यक्षमा सन्दीप अधिकारी चयन भएका छन् ।

शुक्रबार भएको क्लबको चौथो अधिबेशनबाट वर्ष २०२०/२१ का लागि नयाँ समिति चयन गरेको हो । क्लवको प्रथम उपाध्यक्षमा नितिन बस्नेत, सचिवमा अनिशा सुबेदी र कोषाध्यक्षमा रोशन तिवारी चयन भएका छन् ।

हाल विश्वभरी फैलिएको कोरोना भाईरसको कारणले गर्दा लकडाउनको नियन पालना गर्दै अनलाइन भिडियोबाट अधिबेशन गरिएको र बाँकी समिती कार्यकाल सुरुवातसंगै चयन हुने निवार्चन अधिकृत रुपेश भट्टले जानकारी दिए ।

क्लवका अध्यक्ष नमराज लामिछाने र पूर्व अध्यक्ष अञ्जन चौधरीद्वारा नयाँ समितिलाई कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>