चितवन विशेष

राप्तीको मस्जिदमा रहेका १२ जनाको गरियो र्‍यापिड टेस्ट

०
Banner

चितवन, वैशाख ७–

चितवनको राप्ती नगरपालिका–२ गड्यौलीस्थित एक मस्जिदमा रहेका १२ जनाको आज (आइतबार) द्रुत परीक्षण (र्‍यापिड डाइग्नोष्टिक टेस्ट गरिएको छ ।

परीक्षणका क्रममा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले जानकारी दिए । उनले र्‍यापिड टेस्टमा नेगेटिभ आए पनि थप परीक्षणका लागि भोलि (सोमबार) स्वाब संकलन गरी भरतपुर पठाइने जानकारी दिए ।

उपप्रमुख लामाले मस्जिदमा रहेकाहरु सप्तरीबाट चितवन आएको बताए । उनले मस्जिद भित्रै उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>