Breaking News

सरकारले तीन निजी कम्पनिसंग स्वास्थ्य सामग्री खरिद गर्ने

Banner

काठमाडौं, वैशाख ४–

सरकारले स्वास्थ्य उपकरणहरुे निजी कम्पनिसंग किन्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिदका लागि सरकाले तीनवटा निजी कम्पनीसँग सम्झौता समेत गरि सकेको छ ।

स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको ओम्नी ग्रुपसँगको सम्झौता भंग गरेको स्वास्थ्य सेवा विभागले बिहीबार तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको हो ।

कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट), सर्जिकल तथा एन ९५ मास्क लगायतका सुरक्षा सामग्री दुई साता भित्र ल्याउने गरी स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले विहीबार खरिद सम्झौता गरेका हुन् ।

‘सम्झौताको रकम २९ – ३० करोड रुपैयाँको छ । सम्झौता गर्ने कम्पनीहरुमा ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयर रहेका छन्’ श्रेष्ठले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>