खैरहनी

चितवनको राप्ती नदीमा एक पुरुष मृत फेला

Banner

चितवन, वैशाख ४–

चितवनको खैरहनी नगरपालिका–१३ स्थित राप्ती नदीको इचर्नीघाटमा एक पुरुष मृत भेटिएका छन् । आज (बिहीबार) १० बजेको समयमा राप्ती नदी किनारमा रत्ननगर नगरपालिका–७ मालपुरका ४२ वर्षीय लालकुमार राउत मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तहरुले वैशाख २ गतेदेखि नै राउत घरबाट बाहिर निस्किएको बताएका छन् । राउतको गोहीको आक्रमणबाट मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>