खैरहनी

चितवनको खैरहनीमा गाँजासहित दुई जना पक्राउ

Banner

चितवन, चैत ३०–

पूर्वीचितवनको खैरहनीमा लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

आइतबार दिउँसो खैरहनी नगरपालिका–५ सलौलीमा मोटरसाइकल चेकजाँच गर्ने क्रममा रत्ननगर नगरपालिका–१, सौराहाचोक बस्ने २९ वर्षीय राजेश चौधरी र सोही स्थानमा बस्ने मोटरसाइकल चालक २८ वर्षीय विष्णु महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।

प्रदेश ३–०३–००१ प ६२०० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको पछाडी सवार राजेशले बोकेको कालो रंगको झोलामा ५५५ ग्राम लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई खैरहनी प्रहरी कार्यालयमा राखी अनुसन्धान चलिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>