खैरहनी

खैरहनीमा दोस्रो चरणको राहत वितरणको तयारी

Banner

चितवन, चैत २९–

लकडाउन प्रभावकारी बनाउने र यसको समय थपिए पुनः राहत दिने विषयमा खैरहनी नगरपालिकाले सरोकारवालासंग छलफल गरेको छ ।
नगर प्रमुख लालमणि चौधरीको आह्वानमा शनिबार विहान सर्वपक्षिय छलफल भएको हो ।

छलफलमा राजनीतिक दलका प्रमुखहरुले लकडाउन अझ बढी प्रभावकारी बनाउन र पुनः लकडाउनको समय थपिए राहत वितरणमा गुनासो आउन नदिन सुझाव दिए । नेकपाका तर्फबाट नगर अध्यक्ष लक्ष्मी ढकाल र नेपाली काँग्रेसका तर्फबाट नगर सभापति शशिकुमार खनियाँ छलफलमा सहभागी थिए । छलफलमा खैरहनीका मेयर चौधरीले अत्यावश्यक काम बाहेक बाहिर निस्कनेविरुद्ध कडाई गर्नु पर्नेमा जोड दिए । ‘परिवन्धमा परेकालाई सहजीकरण गरेर सजिलो बनाउने हो’ मेयर चौधरीले भने–‘जथाभावी हिड्नेलाई कडाई हुनुपर्छ ।’ मेयर चौधरीले सरकारले पुनः लकडाउनको समय थप गरे राहत वितरणका लागि नगरपालिकाले कन्ज्युस्याई नगर्ने स्पष्ट पारे ।

इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले बहानबाजी गरेर बाहिर निस्कनेविरुद्ध प्रहरीले कडाई गरेको बताए । अत्यावश्यक काममा निस्केकोलाई सहज बनाएको तर अनावश्यक हिड्नेलाई बाईक नियन्त्रणमा लिनेदेखी मान्छे होल्ड गरेर राखेको बताए । छलफलमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले वैशाख ३ गतेपछि लकडाउन थप हुन सक्ने भएकाले राहतको तयारीमा जुटेको जानकारी गराए ।

खैरहनी नगरपालिकाले पहिलो चरणमा नगर भित्रका ३ हजार ६ सय ५९ घरपरिवारलाई राहत वितरण गरिसकेको छ । छलफलमा उपप्रमुख सुनिता थपलिया, वडाध्यक्षहरु रामशरण पाण्डे, भुमी प्रसाद कँडेल, टिकादत्त इटनी, मनेजर महतो, उद्योग बाणिज्य संघ खैरहनीका महासचिव कुमार खनाल, चितवन उद्योग संघ खैरहनी इकाई अध्यक्ष प्रतिभा श्रेष्ठ, नेपाल चेम्वर अफ कमर्स खैरहनीका अध्यक्ष प्रकाश श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी खैरहनी उपशाखा सभापति सानुकाजी पाण्डे, नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर अधिकारीको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>