बजार

आइतबारदेखि भरी सिलिण्डर ग्यास विक्री गरिने

Banner

काठमाडौं, चैत २६–

उपभोक्ताले आउने आइतबारदेखि भरी सिलिण्डर ग्यास पाउने भएका छन् ।

नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेसंगै उपभोक्ताहरुलाई सहज हुने भएको छ ।
निगमले १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको हो । बजारमा भएका आधा सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट मात्रै भरी सिलिण्डर ग्यास बिक्री हुने निगमले जनाएको छ ।

बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले चैत १२ गते बेलुकी आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>