खैरहनी

खैरहनीको कोरोना राहत कोषलाई नेपाली काँग्रेसले दियो ५१ हजार

Banner

चितवन, चैत २६–

नेपाली काँग्रेस खैरहनी नगर समितिले खैरहनी नगरपालिकाको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण र त्यसपछि उत्पन्न अवस्थालाई मध्यनजर गर्दै खैरहनी नगरपालिकाले राहत कोष स्थापना गरेको थियो ।

सोही कोषमा खैरहनी नगर समितिले जनआन्दोलन सफल भएको दिन पारेर आज (बुधबार) नगद ५१ हजार रुपैयाँ सहयोग गरेको हो । खैरहनी नगर सभापति शशी कुमार खनियाँले खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीलाई नगद रकम हस्तान्तरण गरे । रकम हस्तान्तरणका लागि सभापति खनियाँको नेतृत्वमा सचिव हरिप्रसाद सापकोटा, सहसचिव शिला उप्रेती र नगर सदस्य तथा महिला संघ खैरहनी सभापति अमृता भट्टराई नगरपालिका पुगेका थिए ।

रकम हस्तान्तरण गर्दै काँग्रेस नगर सभापति खनियाँले सबै मिलेर विपद्को सामना गर्नु पर्ने बताए । ‘राजनीतिक मुद्धाका विषयमा अरु बेला कुरा गर्न सकिन्छ’ नगर सभापति खनियाँले भने–‘सबैको सहयोगले विपद्लाई पराजित गर्नुपर्छ, यो बेला राजनीति भन्दा माथि उठेर लाग्नु पर्छ ।’ सभापति खनियाँले नगर भित्रका सबै संघसंस्थालाई यथासक्य रकम जम्मा गरेर उदारता प्रस्तुत गर्न आग्रह समेत गरे ।

रकम ग्रहण गर्दै नगर प्रमुख चौधरीले विपद्को बेला प्रतिपक्ष नभनि भावना जोडेर रकम सहयोग गरेकोमा नेपाली काँग्रेसलाई धन्यवाद दिए । प्रमुख चौधरीले प्राप्त सहयोगलाई संभावित जोखिम नियन्त्रण तथा विपन्न वर्गको राहतमा खर्च गरिने प्रतिवद्धता जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>