Breaking News
भारतमा कोरोना संक्रमित ४ हजार बढि,११७ जनाको मृत्यु
०

चितवन,चैत २४-
कोरोना भाइरसको संक्रमण छिमेकी देश भारतमा पनि बढ्दै गएको छ । अहिले भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११७ पुगगेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १८ जनाको मृत्यु भएको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । आइतबार बिहानसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ थियो ।
भारत कुल संक्रमित ४ हजार २८८ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा ७ सय जना नयाँ संक्रमित भेटिएका छन् । आइतबार बिहानसम्म भारतमा संक्रमितको कुल ३ हजार ५८८ थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























