Breaking News

भरतपुर अस्पतालबाट नमुना पठाईएको दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ

०
Banner

चितवन, चैत २३–

कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि भरतपुर अस्पतालबाट शनिबार पठाइएको दुई जनाको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर अस्पतालले आज सूचना जारी गर्दै हिजो चैत २२ गते हेटौंडा पठाइएको दुई जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

भरतपुर अस्पतालबाट यसअघि पठाएको २१ वटा नमुना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो । यस्तै अस्पतालले आज दुई महिला र एक पुरुषको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>