इच्छकामना
इच्छाकामनामा रोटरी बाड्यो खाद्यान्न

चितवन, चैत २१–
नारायणगढ रोटरी क्लबले आज (शुक्रबार) इच्छाकामना गाउँपालिकामा करिब १०० घरधुरी परिवारलाई दैनिक आवश्यक खाद्यान्न सामग्रीहरू वितरण गरेको छ । गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, शसस्त्र प्रहरी बल, आँपटारीका प्रहरी उपरीक्षक खेमबहादुर थापा, समाजसेवी टंक पौडेल, वडा नं. १ र २ का वडाध्यक्षहरूको उपस्थितीमा क्लवले खाद्यान्न वितरण गरेको हो
नारायणगढ रोटरी क्लबका अध्यक्ष सुसनलाल प्रधानले खाद्यान्न सामग्रीहरू गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ्गलाई हस्तान्तरण गरिन् । नारायणगढ रोटरी क्लबका पूर्वअध्यक्ष अरुण कुमार पियाले सहयोग गरेको खाद्यान्न सामग्रीहरु गाउँपालिकाका दैनिक ज्यालादारी मजदुरका परिवारहरुलाई प्रदान गरिएको छ ।
ती परिवारहरुलाई चामल, तेल, नुन, सोयाबिन, दाल, आलु, प्याज, साबुन, चिउरा र विस्कुट गरी एक लाख पचास हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग प्रदान गरिएको हो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष चुननारायण श्रेष्ठ, रमेश श्रेष्ठ, निवर्तमान अध्यक्ष रमेश पौडेल, वर्ष २०२०/२१ का लागि निर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठ, सचिव यज्ञमुनि बज्राचार्य, सदस्यहरू गुणेश्वर महतो, बसन्तबहादुर पाण्डेलगायतको उपस्तिथी रहेको थियो ।
























