Breaking News
नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ पुग्यो
०

काठमाडौं, चैत २०–
नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ ।
आज भएको परीक्षणमा दोहोबाट काठमाडौं आइपुगेका व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनका अनुसार संक्रमित व्यक्ति चैत ४ गते दोहा हुँदै नेपाल आएका थिए ।
नेपालमा आजसम्म ११८४ जनामा कोरोना परीक्षण भइसकेको छ । जसमध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकी सबेको रिपोर्ट नेगेटिभ रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























