समाचार

कोरोना जोखिम : बन्दी रिहा

Banner

वीरगञ्ज, चैत २०-

कोरोना भाइरस (कोभिड— १९) को सम्भावित जोखिमका कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना बन्दीलाई बुधबार साँझ रिहा गरेको छ ।

सर्वोच्च अदालतको निर्णयअनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका ती बन्दीलाई रिहा गरिएको जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए । सो भाइरसको जोखिमका कारणले कारागारले कैदीबन्दीलाई भेटघाट गर्न पूर्ण बन्द गरेको उनले बताए ।

बाँकेमा २१ जना थुनामुक्त

जिल्ला प्रहरी कार्यालय बाँकेमा सामान्य कसुरमा पक्राउमा परी थुनुवा कक्षमा रहेका २१ जना थुनुवालाई थुनामुक्त गरिएको छ ।

थुनुवाहरु सङ्ख्या धेरे हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सामान्य मुद्दा चलेकालाई पुनः हाजिर हुनेगरी थुनामुक्त गरिएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए । थुनुवा कक्षमा अझै जघन्य अपराधका २८ जना थुनुवा रहेको प्रहरी नायव उपरिक्षक सिंहले बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>