Breaking News
एकै दिन अमेरिकामा एक हजार भन्दा बढीको मृत्यु, २६ हजार नयाँ संक्रमित
०

एजेन्सी,चैत २०-
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकै दिनमा एक हजार भन्दा बढीको मृत्यु भएको छ। अमेरिकामा बुधबार एक हजार ४७ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पाँच हजार एक सय पुगेको छ ।
यस्तै नयाँ संक्रमणको दर पनि बुधबार अहिलेसम्मकै उच्च भएको छ । बुधबार एकै दिन २६ हजार ४३६ मा नयाँ संक्रमण पुष्टि भएसँगै अमेरिकामा कुल संक्रमितको संख्या दुई लाख १४ हजार ९६६ रहेको छ । दुई लाख भन्दा बढी मानिसमा संक्रमण भएको अमेरिका एक मात्र देश हो ।
अमेरिकामा सबैभन्दा बढी प्रभावित भएको राज्य हो न्यूयोर्क, त्यहाँ पछिल्लो २४ घण्टामा पाँच सय पाँच जनाको मृत्यु भयो भने सात हजार ९१८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























