समाचार

चीनबाट ल्याइएका किटको गुणस्तर जाँच गर्दै स्वास्थ्य मन्त्रालय

Banner

काठमाडौं, चैत १९-

स्वास्थ्य मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य अनुसान्धान परिषदले चीनबाट ल्याएको र्‍यापिड टेस्ट किटको गुणस्तरको बारेमा जाँच शुरु गरेको छ ।

स्वास्थ्य मन्त्रीका सल्लाहकार डा. खेम कार्कीले महामारीको अवस्थामा प्रयोग गर्ने भनेर ल्याएको सो किटको गुणस्तरका विषयमा प्रश्न उठेपछि परिषदले गुणस्तर जाँच गर्न लागेको बताए ।

चीनबाट अन्य देशले आयात गरेको त्यस्तो किटको गुणस्तरको बारेमा समेत प्रश्न उठ्दै आएको छ। ‘मन्त्रालयले यो किटको गुणस्तरको अध्ययन गर्न भनेको छ। हामी काम गरिरहेका छौं’, परिषदमा सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने ।

जसको कुल मूल्य ६ लाख अमेरिकी डलर रहेको छ । डा. कार्कीले कोरोना भाइरसको परीक्षण गर्ने पीआरसी मेसिन नभएको निजी संस्थाहरुले सो किटको प्रयोग गरेर महँगो मूल्य लिएर परीक्षण गरिरहेको भेटिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>