खैरहनी

खैरहनी १२ र १३ मा छर्कियो डिसइन्फेक्सन

Banner

चितवन, चैत १७–

खैरहनी नगरपालिकाको वडा नम्बर १२ र १३ मा डिसइन्फेक्सन (कीटनाशक औषधि) छर्किएको छ। कुमरोज मध्यवर्ती सामुदायिक वन, खैरहनी नगरपालिका वडा नम्बर १२ र १३ ले संयुक्त रुपमा कीटनासक औषधि वडा भरी छर्किन सुरु गरेको हो।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई वडाभित्र फैलिन नदिन कीटनाशक औषधि छर्किन सुरु गरिएको वडा नम्बर १२ का वडाध्यक्ष टीकाराम तिमिल्सिनाले बताए । बोलेरोमा एक हजार लिटरका २ वटा ट्याङकी राखेर वडाभित्र कीटनासक औषधि छर्किएको वडा नम्बर १३ का वडाध्यक्ष बालकुमार उप्रेतीले बताए।

यसैबीच, खैरहनी नगरपालिका वडा नम्बर १२ र १३ का २१ सय घरधुरीलाई साबुन र मास्क वितरण गरिएको छ। टोल सुधार समिति वडा सदस्य र वनका पार्षद सदस्दमार्फत् प्रत्येक घरमा गएर हात धुने साबुन र मास्क बाँडिएको हो। प्रति घर ५ वटाका दरले साबुन र प्रतिघरका सम्पूर्णलाई मास्क वितरण गरिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष सानोकाजी कुँवरले बताएका छन् ।

दैनिक ज्याला मजदूरी गरेर जिवन धान्नेहरुलाई खानाको व्यवस्था वडाले नै गर्ने र कोही त्यस्तो भए सम्पर्क गर्न खैरहनी नगरपालिका वडा नम्बर १३ का वडा सदस्य जिवन कार्कीले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>