चितवन विशेष

चितवनको माडीमा आगोले लियो बालिकाको ज्यान

Banner

चितवन, चैत १६–

चितवनको माडीमा आगोले जलेर एक बालिकाको ज्यान गएको छ ।

आज (आइतबार) दिउँसो १ः३५ बजेको समयमा माडी नगरपालिका–७ करही खोला नजिकै रहेको सुकुम्बासी बस्तीमा बसोबास गर्ने राजुकुमार चेपाङकी ९ वर्षीया छोरी रजिना चेपाङको आगोले जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

घर (छाप्रों नजिक बालेर राखेको आगो हावाले उडाएर घरमा पुग्दा छाप्रो जलेको थियो । उनकी छोरी सोही छाप्रो भित्र सुतिरहेकी थिइन् । बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>