खैरहनी

खैरहनी नगरपालिकाले मजदुरी गरी खानेलाई राहत दिने

Banner

चितवन, चैत १५–

खैरहनी नगरपालिकाले ज्याला मजदुरी गरी जीवन निर्वाह गर्नेहरुलाई राहत उपलव्ध गराउने भएको छ ।

लकडाउनको समय लम्बिन सक्ने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले त्यस्ता परिवारहरुलाई राहत स्वरुप खाद्यान्न उपलव्ध गराउने भएको हो । खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीको अध्यक्षतामा शनिबार बसेको आपत्कालिन बैठकले नगरभित्र त्यस्ता परिवारको तथ्यांक संकलन गर्ने काम अन्तिम चरणमा रहेकाले टोल विकास संस्था मार्फत खाद्यान्न उपलव्ध गराउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले जानकारी दिए ।

परिवारमा रहेका व्यक्तीहरुको संख्याका आधारमा चामल, दाल, नुन, तेल र एक थान सावुन उपलव्ध गराईने प्रवक्ता पाण्डेले जानकारी दिए । नगरले वडालाई पठाउने र वडाले टोल विकास संस्था मार्फत ती खाद्यान्न सामग्री वितरण गर्नेछ । कुनै संघसंस्था वा व्यक्तीले त्यस्ता परिवारलाई राहत उपलव्ध गराउन चाहेमा नगरमा सम्पर्क गर्न अनुरोध गरेको छ । एकद्धार प्रणाली मार्फत राहत वितरण प्रभावकारी हुने भएकाले समन्वय गर्न आग्रह गरेको हो ।

बैठकले दैनिक बजार अनुगमन गर्ने निर्णय समेत गरेको छ । त्यसको जिम्मा सार्वजनिक क्षमता अभिवृद्धि तथा खरिद समितिका संयोजक टिकादत्त इटनीको टिमलाई दिईएको छ । सो समितिले नगरपालिका, इलाका प्रहरी कार्यालयसंगको समन्वयमा सर्वसुलभ तरिकाबाट सामान उपलव्ध भए नभएको, कृतिम अभाव सृजना गरे नगरेको अनुगमन गर्नेछ ।

यस्तै विदेशबाट आएकाहरु होम क्वारेनटाईनमा बसे÷नबसेको, उनीहरुको स्वास्थ्य अवस्थाका बारे निरन्तर अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकले कोरोना भाईरसको संक्रमण हुन नदिन नगरभित्र किटनाशक विषादी छर्ने निर्णय पनि गरेको छ ।

बैठकमा नगरपालिकाकी उपप्रमुख सुनिता थपलिया, प्रवक्ता रामशरण पाण्डे, विपद् व्यवस्थापन समिति संयोजक भुमीप्रसाद कँडेल, क्षमता अभिवृद्धी समिति संयोजक टिकादत्त इटनी, सामाजिक विकास समिति संयोजक मनेजर महतो, नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर अधिकारी, स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>